तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक सत्र सुरु हुनु अगावै बाजुरामा पुगे पाठ्यपुस्तक 

 बाजुरा । हिमाली जिल्ला बाजुरामा यो वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक आइपुगेका छन् ।जिल्लाका ९ ओटै स्थानीय तहका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक चैत  १७ गते नै जिल्लामा आइपुगेका हुन्।

पाठ्यपुस्तक जिल्लाको बिच क्षेत्रका लागि सदरमुकाम मार्तडी तल्लो क्षेत्रका लागि बुढिगंगा नगरपालिकाको फालासैन र पुर्वोत्तरी क्षेत्रका लागि बुढिनन्दा नगरपालिकाको कोल्टिमा आएर वितरण कार्य शुरु भइसकेको करुणा पुस्तक पसलका सञ्चालक नृप खातिले बताउनुभयो ।

९ ओटै स्थानीय तहका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका आवश्यक पाठ्यपुस्तक जिल्लामा  पुगेर विद्यालयलाई वितरण कार्य भइरहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बाजुराका प्रमुख टिकाराम जोशीले जानकारी दिनुभयो ।  सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको  निर्णय बमोजिम नै किताबहरू जिल्लामा आइसकेको इकाइ प्रमुख जोशीले बताउनुभयो।

विगत वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा केही बर्ष देखि समयमै पाठ्यपुस्तक पुग्न थालेपछि बालबालिकाहरू पनि निकै खुशी देखिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button