तपाईँ सुन्दै हुनुहुन्छः

अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौँ । लाइन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एम को आयोजनामा अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा २०८२ वैशाख १८ देखि २२ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजकका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले २ विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । 

नेपालका ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले भाग लिनेछन् ।

पाकिस्तान भलिबल क्लब, इस्लामवादको सहभागिता निश्चित भइसकेको बताइएको छ । भारत  र इरानको टोलीसँग पनि छलफल भइरहेको जानकारी दिइएको छ  ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ४४ हजार ४ सय ४४, दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४, तेस्रो टोलीले १ लाख ४४ हजार ४ सय ४४ सय रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button