राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडी
काठमाडौँ । विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरू सञ्चालन गरिने छ ।आगामी जुनमा नेपालले स्कटल्यान्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।
नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरू आगामी साता हुने हङकङ सिरिज पश्चात् हुनेछ ।
मुख्यतः लुम्बिनी प्रदेशमा शनिवार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरिएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्