तपाईँ सुन्दै हुनुहुन्छः

यो देश गाईलाई पूजा गर्ने देश हो :  सभापति देउवा

डोटी । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो देश गाईलाई पूजा गर्ने देश भएको बताउनुभएको छ । 

डडेल्धुरा र डोटीको संगमस्थल डोटीको शिखर नगरपालिका–१० मा आयोजित श्रीमद देवि भागवत महापुराणको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल हिन्दु धर्म परम्परा, संस्कृति तथा संस्कारको मुलुक भएकाले गाई मारेर खान नपाइने र गोवध गरेमा सजाय समेत भोग्नुपर्ने बताउनुभयो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका तथा डोटीको शिखर नगरपालिकाको सङ्गममा रहेको गहनान क्षेत्रमा महापुराणका लागि तीन वटै स्थानीय तहले हातेमालो गरेको जनाइएको छ । 

यस क्षेत्रको धार्मिक प्रचार प्रसारका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ललित बलायरले बताउनुभयो । उहाँका अनुसार महायज्ञ २०८१ चैत्र २५ गते समापन गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button