तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक अब पछाडि फर्किँदैन :  अध्यक्ष नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अँध्यारोतर्फ धकेल्ने प्रयास भइरहेको बताउनुभएको छ । 

उहाँले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीबाट प्राप्त ऐतिहासिक परिवर्तनको विरोध भइरहेकाले रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । धनगढीमा नेकपा एसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले सामन्ती युगबाट मुलुकलाई समाजवादतर्फ अघि बढाउने काम भइरहेको उल्लेख गर्नुहुँदै मुलुक अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीलाई बलियो, सुदृढ बनाउन एकताबद्ध भएर सङ्गठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेकपा एकीकृत समाजवादीप्रति जनताको भरोसा र विश्वास बढेको उल्लेख गर्नुहुँदै जनताका पक्षमा विकासका एजेण्डा बोकेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा एसका प्रदेश अध्यक्ष हर्क बहादुर सिंहको अध्यक्षता भएको कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुषाल सहितका नेता कार्यकर्ताको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button