यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिजमा नेपालको ‘क्लिन स्वीप’
काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल यु–१९ टोलीले दिल्लीलाई ५१ रनले हरायो ।
नेपालले सिरिजमा ३–० को जित निकालेको हो । नेपालले पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा एक सय दुई रनले विजयी भएको थियो ।
अन्तिम खेलमा जितका लागि नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा सबै विकेटको क्षतिमा ७७ रनमा समेटिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्