पत्रकारको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको विरुद्ध प्रदर्शन
सप्तरी । काठमाडौँको तीनकुने स्थित राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको घटना विरुद्ध शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको अगुवाइमा विभिन्न सञ्चार माध्यममा काम गर्ने कार्यरत पत्रकारले प्रदर्शन गरेका हुन् ।
शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुने स्थित भवनमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रदर्शनकारीले केही मिडिया हाउसको कार्यालयमा समेत आक्रमण गरेका थिए ।
महासङ्घबाट निकालिएको विरोध प्रदर्शन नगर परिक्रमा गरी नेता चौकमा गरिएर कोण सभामा परिणत भएको थियो । सभालाई महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले दिवङ्गत भएका पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्