तपाईँ सुन्दै हुनुहुन्छः

गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ : सभापति देउवा

मर्चवार । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनुभएको छ ।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उहाँले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताउनुभएको हो । 

सभापति देउवाले पूर्व राजाका नाममा भएका गतिविधिको निन्दा गर्नुभयो । उहाँले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गर्नुभयो । उहाँले देशमा  गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैन भन्नुभयो । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button