सुदूरपश्चिमका बन मन्त्री चौधरीले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिनु भएको छ ।
आज मुख्यमन्त्री कमल बहादुर शाह समक्ष मन्त्री चौधरीले राजीनामा पत्र बुझाउनु भएको हो । मन्त्री चौधरीको राजीनामा स्वीकृत गरिएको मुख्यमन्त्री शाहले बताउनुभयो ।
मन्त्री चौधरीसँग जोडिएको आर्थिक लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको बताइएको छ । दिगो वन व्यवस्थापन कार्यविधिलाई लिएर मन्त्री चौधरीले घुस मागेको अडियो केही दिन अघि बाहिरिएको थियो ।
चौधरी नागरिक उन्मुक्तिबाट नौ महिना अघि मन्त्री बनेका थिए ।
प्रतिक्रिया राख्नुहोस्