रेडियो नेपालको हीरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना
काठमाडौँ । रेडियो नेपालले हीरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

आज केन्द्रीय कार्यालय सिंहदरबारमा आयोजना गरिएको शिविरको सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले स्वास्थ्य परीक्षण गरी शुभारम्भ गर्नुभयो ।

शिविरमा नेपाल नेश्नल हस्पिटल र दृष्टि आइ केयर सेन्टरका विशेषज्ञ डाक्टरहरूद्वारा आँखा, दाँतका साथै हाडजोर्नी रोगको समेत चेकजाँच गरिएको थियो ।



निःशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर र जनरल फिजिसियन डाक्टरहरूद्वारा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूले स्वास्थ्य परीक्षण गर्नुभयो ।

शिविरमा चेक जाँच गरेकालाई थप चेकजाँच आवश्यकता देखिएमा दृष्टि आइ केयर अस्पतालका विभिन्न शाखाहरूमा निःशुल्क परीक्षण गर्न सकिने दृष्टि विशेषज्ञ डाक्टर दीपक घिमिरेले जानकारी गराउनुभयो ।

त्यसैगरी नेपाल नेश्नल अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर अंकुर भण्डारीले शिविरमा समस्या देखिएका बिरामीलाई निःशुल्क जाँच गर्ने व्यवस्था अस्पतालले गरेको जानकारी गराउनुभयो ।






तस्वीर: रोम थापा
प्रतिक्रिया राख्नुहोस्