तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा संयुक्त भिड नियन्त्रणकाे अभ्यास 

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त रूपमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अभ्यास गरिएको छ।

शुक्रबार बिहान भीमदत्त नगरपालिकाको खुला मञ्चमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नं। ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको संयुक्त आयोजनामा यो डेमो अभ्यास सञ्चालन गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल रहनुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टको उपस्थितिमा अभ्यास गरिएको हो।

भिड नियन्त्रण तथा आपत्कालीन परिस्थितिमा दुवै सुरक्षा निकायको समन्वयात्मक क्षमताको परीक्षण तथा सुधार गर्ने उद्देश्यले आयोजित अभ्यासमा नेपाल प्रहरीका ३५ जना र सशस्त्र प्रहरी बलका ३५ जना गरी ७० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button