प्रधानमन्त्री कप: मधेश प्रदेशद्वारा बागमती प्रदेश ४ विकेटले पराजित

रुपन्देही । रुपन्देही जिल्लाको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । मधेशको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए । बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो ।
इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०–३० रन बनाए । बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २–२ विकेट लिए । ४–४ खेल जितेर समान ८ अंक जोडेका यी दुई टिममध्ये बागमती अंक तालिकाको ४ र मधेश सातौं स्थानमा छ ।
प्रतिक्रिया राख्नुहोस्