तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचय पत्र बनाउन आएका वृद्धको लडेर मृत्यु 

सल्यान । जिल्ला प्रशासन कार्यालय परिसरमा लडेर घाइते वृद्धको मृत्यु भएको छ । 

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएका बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली कार्यालय परिसरमै लडेर घाइते भएका थिए । गम्भीर घाइते वलीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रशासनको भुईँ तलामा हिँड्ने क्रममा चिप्लिदा उनको टाउकोमा चोट लागेको थियो । 

अहिले मृतकको शव जिल्ला अस्पतालमा नै राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button