तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आउने पर्यटकहरूलाई एकद्वार प्रणालीबाट चेक जाँच हुन्छ: गृहमन्त्री लेखक

रूपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने पर्यटकहरूलाई एकद्वार प्रणालीबाट नै चेक जाँच हुने बताउनुभएको छ । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ रूपन्देहीको आयोजनामा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखकले रूपन्देही पर्यटकीय नगरी भएको पहिले बेलहियाबाट मात्रै पर्यटक आउने र अहिले हवाई मार्ग बाट पनि आइरहनुभएकाले एकद्वार प्रणालीबाट चेक जाँच हुने बताउनुभयो । 

“हिजो नै रूपन्देही जिल्ला सुरक्षाको बैठक राखेको छु । हिजो मात्रै सुरक्षाको बैठकमा बेलहिमा चेक गरेपछि पर्यटकलाई दुःख हैरानी दिन हुन्न । निर्देशन दिएको छु”  गृहमन्त्री लेखकले भन्नुभयो,  “अध्यागमनमा सेवा सुचारु भएको छ । पर्यटक बढी आउने भएकाले घन्टउ लाइन लाग्नुपर्ने समस्या छ” त्यसलाई हेरेको बताउँदै केही कमी कमजोरी भएमा सुधार हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

 विभिन्न समस्यालाई सम्बन्धित मन्त्रालयले वार्ता संवाद गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो। नेपाली कांग्रेस पार्टीलाई सङ्गठित बनाएर बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । “विवाद झगडा नगर्ने गरे चुनाव जित्छौ, । राम्रो काम गर्न कोशिस गर्नुपर्‍यो । आपसको विवाद समाधान गरेर निर्वाचनमा एक ढिक्का भएर गएमा काँग्रेसलाई निर्वाचनमा कुनै समस्या हुँदैन ।” गृहमन्त्री लेखकले भन्नुभयो । जनतासँग निरन्तर संवाद सहयोग गरिरहनुपर्छ । जनतासँग संवाद, सम्पर्क टुट्यो भने काँग्रेससँग जनता टाढिन्छ ।”

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको आवश्यक व्यवस्था गर्ने बताउँदै अफिस समयमा सामाजिक सञ्जालको व्यवस्थापन गर्ने गरि आवश्यक सल्लाह गरि सरकार लाग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

 स्थिर सरकार दिनका लागि समस्यामा भएको सरकारलाई सुधार दिन, रोजगार सिर्जना गर्न,  बिकास निर्माणका काम द्रुतगतिमा अघि बढ्न दुई दलको सरकार बनेको उहाँले बताउनुभयो । 

दुई पार्टीका बिचमा त्यही सहमतिमा काम गर्नुपर्छ । देशमा व्यवसायी वातावरण अनुकूल हुनुपर्यो । उद्योग धन्दा बढी हुँदै जानुपर्‍यो । सरकारले कानुनी र नीतिगत सुधारलाई बढी ध्यान दिएको छ । गृहमन्त्री लेखकले भन्नुभयो, “महत्त्वपूर्ण कानुनलाई संशोधन गरेर अध्यादेश ल्याइएको हो । देशको अर्थतन्त्रलाई लयमा ल्याउन नीतिगत सुधार गरेको हो । महत्त्वपूर्ण अध्यादेश ल्याएर व्यवसायी संस्था आएर सरकारलाई धन्यवाद दिएका छन् ।” गृहमन्त्री लेखकले भन्नुभयो । 

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरू भरत कुमार शाह, अब्दुल रज्जाक, जिल्ला सभापति राम कृष्ण खांण,क्षेत्रिय सभापति सुशील गुरुङ, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, कांग्रेसका क्षेत्रिय उप- सभापति सुरेन्द्रजंग थापा, सचिव लेखनाथ भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button