तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बालसाहित्य समाजमा नयाँ नेतृत्व

काठमाडौँ । नेपाल बालसाहित्य समाजको अध्यक्षमा डेढ सयभन्दा बढी बाल पुस्तकका लेखक एवम् प्रशिक्षक विजयराज आचार्य निर्वाचित हुनुभएको छ । 

हालै सम्पन्न समाजको निर्वाचनमा आचार्यसँग प्रतिद्वन्द्वी शशी थापालाई पराजित गर्दै आचार्य ४२ मतका साथ विजयी हुनुभएको हो । 

समाजको केन्द्रीय निर्वाचनमा भाग लिन देशैभरबाट ७० जना प्रतिनिधि छानिएका थिए । समाजको उपाध्यक्षमा उपाध्यक्षमा विजयराज न्यौपाने,  महासचिव डा.विष्णुकुमार खत्री, सचिवमा भानु भट्टराई र कोषाध्यक्ष डा सीता सुवेदी पन्थी निर्वाचित हुनुभएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरूमा केशब पराजुली, यशोदा अधिकारी, क्रान्ति पाण्डे, अर्पिता शाक्य, अनिरुद्र अर्याल  र समन श्रेष्ठ विजयी हुनुभएको निर्वाचन समितिका संयोजक डा. शैलेन्दुप्रकाश नेपालले जानकारी दिनुभयो । 

निर्वाचित भएपछि अध्यक्ष आचार्यले बाल साहित्यकारहरूको साझा संस्थाको रूपमा समाजलाई विकास गर्ने र सातै प्रदेशमा समितिलाई मजबुत पार्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button