ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए। घाइते गिरीको उपचारको क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटी चालक ४२ वर्षीय सन्तोष कुँवरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्