तपाईँ सुन्दै हुनुहुन्छः

ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बेतहनीकाे स्थिति तनावग्रस्त

बाँके । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी बजारमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि बेतहनी तनावग्रस्त बनेको छ ।

स्थानीयले पानी ट्याङ्करमा आगजनी गरेका छन् भने प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा गरी क्षति पुर्‍याएका छन् । 

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आज आइतबार दिउँसो एउटा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्युपछि स्थानीय आक्रोशित बनेको बताउनुभयो । 

प्रहरीले पुगेर चालकलाई प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीय त्यही आएर ढुङ्गा हान्न थालेका हुन् ।  स्थानीयका अनुसार घटना भइसकेपछि केही ढिला गरी मात्रै प्रहरी घटनास्थल पुगेको थियो। त्यतिखेरसम्म आक्रोशित स्थानीयले ट्याङ्करमा आगजनी गरिसकेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button