ठगुन्नाको शतकमा कोशी प्रदेशविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी
दाङ । युवा ब्याटर किरण ठगुन्नाको शतकको मद्दतमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।

दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जीत हासिल गरेको हो ।
सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन बनाए । २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे । उनले ६६ बलमा ११ चौकासहित ६६ रन बनाएर सौर्य श्रेष्ठको बलमा आउट भए ।
यसअघि, लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा २४२ रन बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्