तपाईँ सुन्दै हुनुहुन्छः

पिएम कपमा सुदूरपश्चिमका किरण ठगुन्ना बनाए कीर्तिमानी दुई शतक

लमही । नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज कोशी प्रदेश विरुद्ध शतक बनाउँदै एउटै प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

कोशी प्रदेश विरुद्ध  टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए ।

किरणले शतकपछि ठूला सट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याच आउट हुन पुगे । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।

२०२४ मा आयरल्यान्ड विरुद्ध टी–२० प्रतियोगितामा डेब्यु गरेका किरणले आफ्नो ब्याटिङमा निखार ल्याउँदै राष्ट्रिय टिममा बलियो दावेदारी देखाई रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button