कालिन्चोकको टापुमा हिमपात
दोलखा । दोलखामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक टापुमा शनिवार साँझबाट हिमपात भएको छ । यो वर्ष पुष– माघमा हिमपात नभएको कालिन्चोकमा चैतको दोस्रो साता हिमपात भएको हो ।

शनिवार साँझ ५ः३० बजेबाट सुरु भएको हिमपात राति ७ बजेसम्म भएको कालिन्चोक कुरीमा रहेको सुनपाती होटलका मेनेजर बिमल ओझाले बताए । ‘शनिवार बिहान २ः३० बजे केही समय हिमपात भएको थियो’ ओझाले भने– ‘त्यसपछि साँझ ५ः३० बजेबाट भने निक्कै हिमपात भयो ।’

झण्डै डेढ घण्टा लगातार हिमपात भएपछि आधा फिट जति हिउँ जमेको उनले बताए । यो वर्ष पुष– माघमा हिमपात नभएपछि कालिन्चोक पुग्ने पर्यटकको सङ्ख्यामा निक्कै कमी आएको ओझाको भनाइ छ ।
तीन हजार आठ सय ४२ मिटर ऊँचाइमा रहेको कालिन्चोकमा गत वर्ष माघ महिनाको सुरु देखि नै हिमपात भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्