सप्तरी प्रहरीद्वारा बरामद ३८ क्विन्टल गाँजा नष्ट
सप्तरी । सप्तरी प्रहरीले लगातार दुई दिनदेखि जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ३८ क्विन्टल १५ किलो गाँजा नष्ट गरेको छ ।

शनिबार दिउँसो १३ क्विन्टल ९६ किलो गाँजा नष्ट गरेको छ भने शुक्रबार पनि २४ क्विन्टल १९ किलो गाँजा राजविराज नगरपालिका १५ स्थित रहेको खाँडो खोलाको बगरमा नष्ट गरेको हो ।

जिल्लाको बलानबिहुल गापाको बलानपट्टी बाट पुस २७ गते ६ क्विन्टल ७० किलो र बोदेबरसाईन नगरपालिकाबाट ७ क्विन्टल २६ किलो बरामद गरेको गाँजालाई शनिबार र फागुन १९ गते राजबिराज नगरपालिका ९ मलेठबाट बरामद गरेको २४ क्विन्टल १९ किलो गाँजालाई शुक्रबार नष्ट गरेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्