पाथीभराको डाँडामा निर्मित संरचना तीन दिनभित्र हटाउन निर्देशन
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको डाँडामा मुक्कुम्लुङ(ढुङ्गा) र यग्राङसिं(फलामको नौ तले भर्याङ) गाडिएको भन्दै तिन दिन भित्र हटाउनका लागि निर्देशन दिएको छ ।
शुक्रबार पाथीभरा क्षेत्र विकास समितिले एक सूचना जारी गर्दै रातको समयमा पाथीभराको डाँडामा संरचना राखिएको भन्दै तीन दिनभित्र हटाई समर्पकमा आउन निर्देशन दिएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले हस्ताक्षर गरेको सूचनामा तीन दिनभित्र सम्पर्कमा नआए उक्त संरचना क्षेत्र विकास समितिले हटाउने समेत सूचनामा उल्लेख गरिएको छ ।
गत चैत ६ गते राती समितिको अनुमति बिना संरचना राखिएको पनि सूचनामा उल्लेख गरिएको छ । क्षेत्र विकास समितिको निर्णय अनुसार मुख्य प्रवेशद्वार भित्रको क्षेत्रमा रहेका मानव निर्मित संरचना निर्माण नगर्ने, भएको हटाउने र वृक्षारोपण गरी हटाउने निर्णय भएको र त्यही अनुसार काम भइरहेको दाबी गरिएको छ ।
समितिले सो क्षेत्रभित्र व्यक्ति, समूह, संघ, संस्था, सरकारी, गैरसरकारी क्षेत्रबाट निर्माण भएका संरचना १५ दिनभित्रमा हटाउन वा अन्यतिर व्यवस्थापनका लागि कार्यालयमा सम्पर्क गर्ने समेत आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्