प्रधानमन्त्री कप क्रिकेट : सशस्त्र प्रहरी र कर्णाली प्रदेश विजयी
रुपन्देही । रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जीत निकालेका छन् ।

सशस्त्र प्रहरीले सुदूर पश्चिमलाई ३ विकेटले पराजित गर्यो भने कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनको अन्तरले ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा १९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरीले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दिप जोराले ५१ रन, आसिफ शेषले ३२ रन र लोकेश बमले १९ रन बनाए ।
बलिङमा सुदूरका शेर मल्ल विकास अग्री र नारायण जोशीले समान २र२ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङको रोजेको सुदूरपश्चिमले ४८.५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । सुदूरका लागि निश्चल क्षेत्रीले अर्ध शतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।
बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान ३र३ विकेट लिँदा भुवन कार्की २ विकेट र अभिषेक गौतमले १ विकेट पाए ।
यससँगै सशस्त्र प्रहरी ६ खेलमा ४ मा जित २ मा हार सहित ८ अङ्क लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ भने ७ खेल खेलेको सुदूरपश्चिम २ वटा मात्र खेल जितेर ४ अङ्कका साथ सातौं स्थानमा झरेको छ ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा २२१ रन पछ्याएको मधेश प्रदेश ३५.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १३९ रनमै सीमित भएको थियो । मधेशका लागि रुपेश सिंहले ३० रन, विशाल पटेलले २५ रन, हरिशंकर साहले १८ रन र शैलेन्द्र साहले १० रन बनाए ।
बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले ४ विकेट र दिपेन्द्र रावतले ३ विकेट लिए भने र प्रकाश जैसीले २ विकेट र सुनिल धमलाले १ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसै गरि अर्जुन घर्तिले २६ रन, दिनेश अधिकारीले २४ रन, प्रकाश जैसीले २० रन बनाए ।
बलिङमा मधेश प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले समान २र२ विकेट लिए ।
७ खेल खेलेको कर्णाली ४ मा जित सहित ८ अङ्क जोडेको छ भने ६ खेल खेलेको मधेशले २ वटामा मात्र जित निकाल्दै ४ अङ्क प्राप्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्