प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशद्वारा सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य
रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ११७ रनको मध्यम लक्ष्य दिएको छ ।

रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ११६ रनमा समेटिएको छ ।
लुम्बिनीका लागि कप्तान देव खनालले ७१ बल खेलेर ४ चौकाको सहयोगमा ४१ रन र प्रज्वल थापाले ५७ बलमा ३ चौकाका सहयोगमा ३० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्क समेत जोड्न सकेनन् । लुम्बिनीका २ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने बिप्रसन केसीले १ रन, मृनाल गुरुङले २ रन, कृष्ण कार्कीले ४ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ९ ओभरमा १ मेडेन सहित २६ रन खर्चिएर लुम्बिनीको ४ विकेट लिए । यस्तै शेर मल्ल, सौर्य श्रेष्ठ र मिलन बोहराले समान २/२ विकेट लिए ।
११७ रनको विजयी लक्ष्य पछ्याउन सुदूरपश्चिमले कहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
प्रतिक्रिया राख्नुहोस्