तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाका ४ वटा क्याम्पसमा स्ववियु सर्वसम्मत र ३ वटामा निर्वाचन स्थगित 

धनकुटा । धनकुटामा रहेका ७ वटा क्याम्पसमध्ये ४ वटामा विद्यार्थी सङ्गठनहरूले सर्वसम्मत रुपमा स्ववियूको नेतृत्व चयन गरेका छन् । धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस, जाल्पादेवि क्याम्पस पाख्रिवास र जितपुर क्याम्पसमा सर्वसम्मत स्ववियु निर्वाचित भएको हो । 

जस अन्तरगत धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा र जितपुर क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको हो ।

धनकुटा बहुमुखी क्याम्पस युवा तिम्सिनाको सभापतित्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिनराज थापा र कोषाध्यक्षमा रञ्जन कार्की चयन भएका छन् । यस्तै हिले क्याम्पसको सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषी कुमारी श्रेष्ठ र कोषाध्यक्ष कङन तामाङ चयन भएका छन् ।

यस्तै जाल्पादेवि क्याम्पसको पाख्रीवासको सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषाध्यक्षमा झरना राई रहेका सर्वसम्मत चयन भएका छन् । यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियु सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुना पुलामी मगर, सचिव  नवीन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषाध्यक्षमा सञ्जय बानिया रहेका निर्वाचन समितिले जानकारी दिएको छ । 

यस्तै गोकुण्डेश्वर क्याम्पस, भाषा क्याम्पस र बुधुक क्याम्पसमा भने आन्तरिक समस्याका कारण नेतृत्व चयन हुन बाँकी रहेको क्याम्पसले जनाएका छन् । गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघ र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने सहमति भइसकेको छ । बुधुक क्याम्पसमा भने विद्यार्थी सङ्ख्या कम भएका कारण स्ववियु गठन अन्यौल बनेको छ । 

गोकुण्डेश्वर क्याम्पसमा ३ वटै विद्यार्थी सङ्गठन मिलेर उम्मेदवारी दर्ता गरेको भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि स्थगित गरिएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिनुभयो । भाषा क्याम्पसमा २२ जना विद्यार्थीले अध्ययन गरिरहे पनि २ जनाले मात्रै भर्ना गरेकाले समस्या भएकाले क्याम्पस प्रमुख केशब श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button