नेकपा एमाले सचिवालय बैठक जारी

ललितपुर । सत्तारुढ नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थिति र सरकारका काम कारवाही लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा अध्यक्ष ओलीले वर्तमान परिस्थितिका बारेमा जानकारी गराउनु हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्