समिक्षा अधिकारीको ‘पान बुट्टे रुमाल’ सार्वजनिक

काठमाडौँ I गायिका समिक्षा अधिकारीले नयाँ नेपाली गीत पान बुट्टे रुमाल सार्वजनिक गर्नुभएकाे छ । राजनराज शिवाकोटीको शब्द तथा सङ्गीत रहेको यस गीतमा समिक्षा अधिकारीकै स्वर रहेको छ ।
अनुभव रेग्मीको अभिनय रहेको गीतको भिडियो समिक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । भिडियोको निर्देशन शान थापाले गर्नुभएकाे छ भने छायाङ्कन अर्जुन तिवारीले गर्नुभएकाे छ । सङ्गीत संयोजन सञ्जीव बराइलीले गर्नुभएकाे हाे भने मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएकाे छ ।
गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्