तपाईँ सुन्दै हुनुहुन्छः

कनका सुन्दरीमा रेडियो नेपालको स्थलगत बहस : विकास र सुशासनमा जोड

जुम्ला । जुम्लाको कनका सुन्दरी गाउँपालिकामा रेडियो नेपालको स्थल बहस सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यको सभाध्यक्षता तथा विषयगत शाखा प्रमुख र स्थानीय नागरिकको सहभागितामा रेडियो नेपालको स्थलगत बहस सम्पन्न भएको हो । ‘विकास र सेवा प्रवाह’ केन्द्रित बहसमा पालिकाले गरेको विकास निर्माण तथा नागरिकको राहतका लागि सेवा प्रवाहमा भएको प्रगतिबारे छलफल गरिएको थियो ।

गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले सीमित स्रोत साधन तथा जनशक्तिका बीच स्थानीयको माग आवश्यकतालाई मध्यनजर गरि विकास निर्माणका कामलाई गति दिएको बताउनुभयो । भौगोलिक रूपमा विकट कनकासुन्दरी गाउँपालिकाले विकटतालाई मध्यनजर गरि सडक पूर्वाधार निर्माणमा जोड दिँदै आएको छ । साथै स्थानीयलाई सेवा प्रवाहप्रति गुनासो नआउने सेवा दिन समेत कर्मचारीहरूलाई अनुरोध गरिएको अध्यक्ष आचार्यको भनाई छ ।

रेडियो नेपालको टिम पालिकामै पुगेर दुर्गम कनकासुन्दरी गाउँपालिकाले विकास सुशासन, सेवा प्रवाहका क्षेत्रमा गरेका राम्रा कामको चर्चा, अवसर, चुनौती तथा समस्याबारे छलफल गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।

कार्यक्रममा वितरणमुखी भन्दा आवश्यकतामुखी योजना निर्माणमा ध्यान दिनुपर्ने तथा नागरिकलाई सहज रूपमा छिटो छरितो सेवा दिनुपर्नेमा छलफल केन्द्रित भएको रेडियो नेपालका उप-निर्देशक गोकर्ण रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार बहसमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शाखा प्रमुखहरुले हालसम्म गरेका काम तथा चुनौतीबारे जानकारी गराउनुभएको थियो । 

रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरीका अनुसार स्थानीय तहले गरेका राम्रा काम उनीहरूले भोगिरहेका चुनौतीका विषयमा छलफल गर्न  लागि जिल्ला जिल्लामा पुगेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button