तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन भए पनि महसुस हुनेगरी जनताको जीवनस्तरमा रुपान्तरण हुन सकेको छैन ।” जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उहाँको अभिमत थियो ।

शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीलगायत संविधानप्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उहाँले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्वपूर्ण हुन्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button