तपाईँ सुन्दै हुनुहुन्छः

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौँ।नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको छ । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।”

श्रेष्ठका अनुसार नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायतका नाटक छनोट गरिएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौँस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button