तपाईँ सुन्दै हुनुहुन्छः

रमजानको तराबी नमाज सम्पन्न, धर्मगुरु सम्मानित

बाँके । रमजान महिनाको अवसरमा नेपालगन्जका मस्जिदहरूमा तराबी नमाज जारी छ। नेपालगन्जको बिपी चौकस्थित कादरी मस्जिदमा कुरआन पाठको ११ रोजा पूरा भएसँगै विशेष कार्यक्रम सम्पन्न भएको छ।

कुरआन पाठ पूरा गरेको अवसरमा मुस्लिम समुदायले कादरी मस्जिदका धर्मगुरु कारी अहमद यारलाई रु. १ लाख ७१ हजार ७८६ नगद राशिसहित सम्मान गरेका छन्। जामा मस्जिद इदगाहका अध्यक्ष हाजी अब्दुल रहमान मियाँलाई पनि नमाजको व्यवस्था मिलाएको योगदानस्वरूप सम्मान गरिएको छ।

कुरआन पाठको समापनपछि मुस्लिम समुदायले देशमा शान्ति र समृद्धिका लागि प्रार्थना गरेका छन्। जामा मस्जिदका मुफ्ति जाफर रजाका अनुसार रमजान महिनाभर तराबी नमाज जारी रहनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button