होलीमा उच्छृङ्खल गतिविधि गर्ने ३५ जना प्रहरी नियन्त्रणमा
नेपालगन्ज । बाँके प्रहरीले होलीमा उच्छृङ्खल गतिविधि गर्ने ३५ जनालाई नियन्त्रणमा लिएको छ ।

होली खेल्दा अस्वभाविक गतिविधि गर्ने, मासपे गरेर सवारी चलाउने, प्रहरीसँग झगडा गर्ने ३५ जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो । उनीहरूमध्ये झगडा नै गरेकालाई मुद्दा चलाएर कारबाही गर्ने तयारी गरिएको छ ।
प्रहरीले आज नै १ सय ३७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । कागजपत्र नभएको, धेरै जना बसाएर गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । सवारी साधनको हकमा जरिवाना काटेर छोड्ने तयारी गरिएको छ ।
तराईमा आज होली खेलिएको थियो । होलीमा आज जिल्लामा ३ वटा दुर्घटना भएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्