तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकप : चर्च व्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा चर्च व्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार फिदिम मा.वि.को खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरीले चर्च व्वाइज युनाइटेड काठमाडौँलाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनलमा पुगेको हो । निर्धारित समयमा २÷ २ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुश मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च व्वाइजका तर्फबाट विदेशी खेलाडी तल्ला र सागर तिरुवाले मात्र गोल गरे । खेलको म्यान अफ द म्याच नमोबुद्धका गोलकिपर जयराथ शेख घोषित हुँदै नगद ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

शनिबार हुने फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button