तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा विविध कार्यक्रम गरि मनाइयो होली (तस्बिरहरू)

धनकुटा । पहाडी तथा हिमाली जिल्लामा बिहीबार फागु पूर्णिमा अर्थात् होली मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ ।

होलीको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्ध वृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइएर, नाच गान गरेर र मिठो परिकार बनाइ खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ । 

रङको पर्व भनिने होली धनकुटामा पनि एकआपसमा रङ लगाएर मनाइएको छ । होली पर्वको अवसरमा बालबालिकादेखि युवा पुस्ताले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू लगाइ शुभकामना साटासाट गरी होली मनाएका हुन्। धनकुटा विभिन्न चोकमा होली विशेष कार्यक्रमहरू आयोजना भएका थिए ।

धनकुटाको एभोकार्डो पार्कमा सिटी जेसिसको आयोजना, मदन चोकमा हाम्रो बहुमुखी पाठशालाको आयोजना र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रमको आयोजना भएको छ । ती कार्यक्रममा सयौँ मानिस होली मनाउन आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button