तपाईँ सुन्दै हुनुहुन्छः

होलीमा नेपालीसँगै रङ्गिएका विदेशी पर्यटक(फोटो फिचर)

काठमाडौँ । सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई क्षेत्रमा भने भोली होली मनाइँदै छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।


काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै चिनियाँ पर्यटक । तस्बिरः प्रदीपराज वन्त/रासस
ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्बीमा रङ खेलेर होली पर्व मनाउँदै स्थानीय। तस्बिरः रत्न श्रेष्ठ/रासस
नेपाल घुम्न आएका विदेशी पर्यटक फागु पूर्णिमाका अवसरमा आज काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै । तस्बिर ; हरिराम भेटुवाल÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button