तपाईँ सुन्दै हुनुहुन्छः

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ ।

डेस्टाटिसको अनुसार, नवीकरणीय विद्युत् उत्पादन २५६.४ बिलियन किलोवाट–घन्टा (पध्ज) को सबै समयको उच्चमा पुगेको छ, जुन वार्षिक रूपमा २.३ प्रतिशतले बढेको प्रतिनिधित्व गर्दछ । उत्पादनमा अलिकति गिरावट आए पनि वायु ऊर्जा जर्मनीको सबैभन्दा ठूलो बिजुलीको स्रोत बनेको छ ।

वायु ऊर्जाबाट उत्पादन सन् २०२३ मा १.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । तर, कुल विद्युत् उत्पादनमा यसको अंश सन् २०२३ मा ३०.८ प्रतिशतबाट बढेर सन् २०२४ मा ३१.५ प्रतिशत पुगेको छ ।

फोटोभोल्टिकबाट विद्युत् उत्पादन १०.४ प्रतिशतले ५९.५ बिलियन पध्ज सम्म बढेर सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि देख्यो । यसले जर्मनीको कुल बिजुली आपूर्तिमा सौर्य ऊर्जाको हिस्सा १३.८ प्रतिशतमा पुर्‍यायो, जुन सन् २०१८ मा डाटा सङ्कलन सुरु भए देखिकै उच्च स्तर हो ।

सन् २०२४ मा जम्मा ४३१.५ अर्ब किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गरी जर्मन ग्रिडमा जोडिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी हो ।

डेस्टाटिसले यो गिरावटको कारण औद्योगिक बिजुलीको मागमा आएको कमी, कम उत्पादन र विदेशबाट बिजुली आयातमा भएको वृद्धिलाई बताएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button