तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर गोल्डकप : आयोजक फाइनलमा

झापा । सडन डेथमा धरान फुटबल क्लबलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सडन डेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवश चौधरीले बचाए ।

टाई ब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो ।

निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

खेलको ३४ औँ मिनेटमा धरानका सुरज रसाइलीले गोल गरे भने ७२ औँ मिनेटमा हेमन्त लिम्बुको गोलमा काँकडभिट्टाले खेल बराबरी गरेको थियो । 

खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवश चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

काँकडभिट्टाले भोलि हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button