तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा माटोको ढिस्कोले पुरिएर घाइते ४ जनाको उद्धार गरि सुर्खेत ल्याइयो 

सुर्खेत । हुम्लामा माटोको ढिस्कोले पुरिएर घाइते भएका ४ जनाको उद्धार गरी सुर्खेत ल्याइएको छ । 

उनीहरूको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि आज प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको हो । 

ढिस्कोले पुरिएका चार मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा आज बिहान माटोको ढिस्को खस्दा २८ वर्षीया नेत्रकला जैसीको मृत्यु हुनुका साथै ४ जना महिला घाइते भएका थिए । घाइते मध्ये वर्ष २५ की तिर्थकला जैशी, वर्ष ३७ की जालकी जैशी र वर्ष २९ की लक्ष्मादेवी जैसीको अवस्था गम्भीर रहेको छ भने वर्ष २२ की मन्जु जैसीको अवस्था सामान्य बन्दै गइरहेको प्रदेश अस्पतालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button