राजतन्त्र फर्किने कुनै सम्भावना छैन: सभापति देउवा
धनगढी I पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहाेल नभएको र राजतन्त्रबारे अहिले हल्ला मात्र भइरहेको बताउनुभयो ।

“राजतन्त्र फर्किने कुनै माहाेल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हाे, सभापति देउवाले भन्नुभयो ।”
सभापति देउवाले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै असमझदारी र समस्या नरहेको उल्लेख गर्नुहुँदै सरकार सहज ढङ्गले अघि बढिरहेको बताउनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले वर्तमान सत्ता गठबन्धन आमनिर्वाचन २०८४ सम्म कायम रहने बताउनुभयो ।
सभापति देउवाले पार्टीको १५ औ महाधिवेशन समयमै हुने बताउनुभयो ।

यसैबिच सभापति देउवाले केहीवेर अघि धनगढीमा नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलनमा सभापति देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्