माटोको ढिस्काले पुरिएर एक महिलाको मृत्यु
डोटी । डोटीमा माटोको ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शिखर नगरपालिका ७ बयर कोट बस्ने ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
१२ बजेको समयमा घर भन्दा १ कि.मि. टाढा रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर पुरिदा उनको मृत भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्