तपाईँ सुन्दै हुनुहुन्छः

युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ I चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

जारी प्रतियोगितामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ । 

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । 

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button