तपाईँ सुन्दै हुनुहुन्छः

समानता र सम्मानका लागि प्रयास जारी राख्न पूर्वराष्ट्रपति भण्डारीको अपील


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानता र सम्मानका लागि प्रयास जारी राख्न अपील गर्नुभएको छ ।

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्राप्त अधिकारलाई सदुपयोग गर्र्दै समानता र सम्मानका लागि अथक प्रयास जारी राख्न अपील गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिला अधिकार तथा सशक्तीकरण पर्दै जानु सम्पूर्ण नेपाली महिलाका लागि खुसीको कुरा भएको समेत बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button