तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि

सुनसरी । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । आज इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । 

एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम मिश्रले बताउनुभयो । यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव इटहरी म्याट्रिक्स परिसरभित्र सांस्कृतिक भवन थिएटर हल सञ्चालन हुनेछ ।

महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रङ्गकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहने छ । महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको अध्यक्ष विक्रम मिश्रले बताउनुभयो । 

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरू साथै सांस्कृतिक आदानप्रदानका गरिने छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको आयोजकको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button