तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिणकाली काव्य उत्सव सम्पन्न

 काठमाडौँ । सुसेली साहित्यिक प्रतिष्ठानले दक्षिणकाली काव्य महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

दक्षिणकालीमा आयोजना गरिएको काव्य उत्सवमा नेपाली लोक साहित्यमा लामो समयदेखि योगदान पुर्याएको भन्दै तुलसी दिवसलाई सुमेली साहित्यिक काव्य सम्मान र साहित्यिक पत्रकार रोचक घिमिरेलाई सुमेली साहित्यिक पत्रकार सम्मान प्रदान गरेको छ । 

यस अवसरमा आख्यान विधामा लामो समयदेखि योगदान पुर्‍याएकोमा कथाकार माया ठकुरीलाई सुसेली कथा सम्मान प्रदान गरिएको छ । काव्य उत्सवमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले काठमाडौँको दक्षिण पश्चिम भेगमा रहेको कला, साहित्य र संस्कृतिको प्रवर्धनमा नगरले बजेट छुट्ट्याएरै कार्यक्रमहरू गर्दै आएको जानकारी गराउनुभयो ।

 काव्य उत्सवमा ४० जनाभन्दा बढी स्रष्टाहरूले कविता, मुक्तक, गजल वाचन गरेका थिए । कार्यक्रमको संयोजन साहित्यकार डा।शेखरकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button