तपाईँ सुन्दै हुनुहुन्छः

रिंकु सदायको घटनाका प्रमुख आरोपी पक्राउ

जनकपुरधाम । सिरहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको घटनामा मुख्य आरोपित रुपेश मण्डल पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले सिरहाको सिरहा नगरपालिका वडा नंं १७ स्थित नेपाल भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिवारले पारेका थिए ।

गत माघ २७ गते राति करिब ९ बजे शौच गर्न निस्किएकी रिंकुको सामूहिक बलात्कार भएको थिए । बलात्कारपछि गाउँमा हल्ला भएपछि केही स्थानीयको पहलमा घटनालाई मिलाउन गाउँमै पञ्चायती बसेको थियो । पञ्चायतीले १ लाख ४० लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । पञ्चायतीको निर्णयपछि रिंकु माघ ३० गते आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

यस घटनामा सुरुमा मृतककी काकाले आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता गराएकोमा पछि मृतककी आमाले सामूहिक तबरबाट जबरजस्ती करणी गरी हत्या गरेको, पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको अन्तर्गतको कसुर शीर्षकमा ८ जनाविरुद्ध पूरक जाहेरी दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button