तपाईँ सुन्दै हुनुहुन्छः

आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा

इलाम । माने भन्ज्याङलाई स्तब्ध पार्दै विभागीय टिम त्रिभुवन आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । 

क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन माने भञ्ज्याङ फुटबल क्लब भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आर्मीले अघिल्लो चरणको यात्रा तय गरेको हो । आर्मीको तर्फबाट बिमला चौधरीले खेलको पहिलो गोल गरेकी थिइन । आर्मीको जीतमा  चन्द्रा भण्डारीले २ गोल गरिन भने सुमित्रा लिङ्दमले एक गोल गरिन् । 

आजको प्लेयर अफ द म्याच बनेकी चन्द्रा भण्डारीले नगद ५ हजार प्राप्त गरिन ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिम सहभागी छन् । नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी छन् । यसैगरी पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी छन् भने भारतको माने भञ्ज्याङ फुटबल क्लब र मदर टेरेसा फुटबल क्लब सहभागी छन् ।  

प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

भोलिको खेल एपीएफ क्लब काठमाडौँ र मदर टेरेसा फुटबल क्लब युपी भारतबीच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button