तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

विजयनगर गाउँपालिका–१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गत राति करिब १० बजे नेवलागंजबाट गुगौलीतर्फ जाँदै गरेको लु ९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button