तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीयस्थलको प्रवर्द्धन गर्दै सकियो अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकल यात्रा”

रुपन्देही । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्त्विक बुद्ध स्थलहरूको पर्यटन प्रवर्द्धनका लागी आयोजित “बुद्ध ज्ञान साइकल यात्रा“ सम्पन्न भएको छ । 

फागुन १६ गते भैरहवाको बुद्धचोक वाट सुरु भएको “बुद्ध ज्ञान साइकल यात्रा १७ गते भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर समापन भएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

साइकल सिटी भैरहवाको आयोजनामा गत बर्ष देखी सुरु हुन थालेको बुद्ध ज्ञान साइकल यात्राको दोस्रो संस्करणमा जर्मन , भारत र नेपालका गरि एक सय तिस साईकिलिष्टहरु सहभागी थिए । 

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ , बालिकामा ११ वर्षीय आस्वानी खरेल सहभागी थिए । त्यसैगरी ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन सहभागी रहेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताउनुभयो । 

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साईकिलिष्टहरुलाई सहभागिता गराएर साइकल यात्रा गराएको हो ।  

यात्रामा सहभागीहरूलाई सम्मान गर्दै रुपन्देही क्षेत्र नं‍‍ ५ का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले रुपन्देही, नवलपरासी र कपिलवस्तुको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यहरूले ठुलो सहयोग पुगेको बताउनुभयो। तिन जिल्लाको बौद्ध सर्किटलाई साइकलको माध्यम बाट जोड्ने राम्रो कार्यको शुभारम्भ भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सरजुद्धिन मुसलमान , लुम्बिनी बिकास कोषका वरिष्ठ सूचना अधिकृत राजन बस्नेत , लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली , सिद्धार्थनगर उद्योग वाणिज्य संघका महासचिव कृष्ण घिमिरे लगायतले लुम्बिनीको आर्थिक चलायमान र मुलुकको आर्थिक विकासका लागी लुम्बिनी भ्रमणका लागी आउने तेस्रो मुलुकको पर्यटकहरूलाई भिसा सुल्क अनिवार्य गर्न सुझाव दिनुभयो । 

सार्क मुलुकका पर्यटकहरूको भिसा सुल्क निःशुल्क हुँदा भारतीय ट्राभल्स व्यवसायीहरूले लुम्बिनीलाई बुद्ध सर्किटको एउटा साइटको रुपमा राखी लुम्बिनी आएकै दिन फर्किने कार्यक्रम बनाउँदा नेपाली व्यवसायी र राज्य दुई आर्थिक रुपमा वञ्चित हुन परेको बताउनुभयो । 

सोही दिन फर्किने पर्यटकको हकमा नेपाल सरकारले सीमा नाकामा कम्तीमा तिन दिनको भिसा सुल्क लिनु पर्ने सहभागीहरूले सुझाव दिए । कि सरकारलाई राजश्व आउन पर्‍यो कि व्यवसायीहरूको होटल सञ्चालन हुनु पर्‍यौ लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भन्नुभयो । 

भिसा सुल्क फ्रि हुँदा भारतीय ट्राभल व्यवसायीहरूले लुम्बिनीलाई चार देखी ६ घण्टाको भ्रमण तालिकामा राखिदिँदा लुम्बिनी फोहर सङ्कलन गर्ने स्थान र सरकारका लागी पर्यटक बढेको तथ्याङ्क देखिनेमा मात्रै सीमित भएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताउनुभयो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button