हिउँले ढपक्क ढाकिएको पोरखेगढी (फोटो फिचर)

बाजुरा । बाजुराको ऐतिहासिक पर्यटकीय स्थल पोरखेगढी सहित बाजुराका उच्च लेकाली भेगमा यस वर्ष ५ औं पटक हिमपात भएको छ। बिहीवार दिउँसोबाट शुरु भएको वर्षासँगैको हिमपातले बाजुराका उच्च लेकाली भेगस्थित हिमालहरू सेताम्य बनेका छन्। हिउँले ढाकिएपछि पोरखेगढी र आसपासका लेकहरू निकै मनमोहक बनेका छन्।

पोरखेगढी, जो जिल्लाको बडिमालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा अवस्थित नेपालकै ऐतिहासिक र सांस्कृतिक महत्त्वपूर्ण गढीमध्ये एक हो, यस वर्ष पाचौं पटक हिमपात भएको छ। यसले आन्तरिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि ल्याएको छ।
बिहीवारबाट शुरु भएको वर्षा र उच्च लेकाली भेगको हिमपात शनिबार बिहानसम्म निरन्तर जारी रह्यो, जसले स्थानिय जनजीवनलाई प्रभावित गरे पनि हिउँदे खेतीबालीमा राम्रो हुने भन्दै किसानहरू भने खुसी भएका छन्।










प्रतिक्रिया राख्नुहोस्