तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस नेतृ कोइरालालगायत २० जनाको टोली चीनको सिचुवानमा 

छेन्डु । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेको नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइराला लगायत २० जनाको टोलीले चीनको सिचुवान प्रान्त स्थित छेन्डुको साङछेङड्यु म्युजियम र समाजवादी गाउँ चान्सी चोनको भ्रमण गरेको छ ।

सो क्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले साङछेङड्यु म्युजियमले चीनको कला, संस्कृति, परम्परा जस्ता कुराको आभास मिलेको उल्लेख गर्नुहुँदै यसबाट नेपालले समेत धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।

कोइरालाले चीनको सांस्कृतिक परम्परा, समाजवादी अवधारणा र कलाले नेपालसँगको मित्रतालाई अझ बढी कसिलो बनाएको उल्लेख गर्नुहुँदै चीनको विकासबाट छिमेकी नेपालले समेत लाभ लिनसक्ने बताउनु भयो ।

कांग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री कोइरालाले चीन सरकारसँग नेपाली कांग्रेसको मित्रता पुरानै रहेको स्मरण समेत गर्नु भएको छ ।

भ्रमण टोलीमा नेपाली कांग्रेसको टोलीमा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामा लगायत १५ जना र फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट वरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नहकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण भण्डारी र कृष्ण मल्ल  सहभागी रहेका छन् ।

भ्रमण टोलीलाई बुधवार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग सिचुवान प्रान्तको तर्फबाट जेनजिङ होटलमा स्वागत गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका नेता फुबुदुङ्चु, सिचुवान प्रान्तीय सरकारका पोलटिकल अफिसर लिउ लि लगायतको सहभागिता रहेको थियो ।

भ्रमण टोलीले बिहीबार समाजवादी गाउँ चान्सी चोनको भ्रमण गर्दा त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का सचिव काओ लगायतले स्वागत गर्नुभएको थियो ।

१२ सय घरधुरी र ४५ सय जनसङ्ख्या भएको समाजवादी गाउँ चान्सी चोन सामूहिक व्यवसाय र सामूहिक भावनाका कारण २० वर्षको अवधिमा निक्कै विकसित भएको त्यहाँका सिपिसी सचिव काओले बताउनु भयो ।

अहिले चान्सी चोनमा वार्षिक ११ लाख पर्यटक पुग्ने र यसले गाउँको विकासमा महत्वपूर्ण सहयोग पुगेको काओको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button